neapl investment mega bank
  • गृहपृष्ठ
  • सुस्तायो उपत्यकामा घरजग्गा कारोबार, किन्ने भन्दा बेच्ने धेरै

सुस्तायो उपत्यकामा घरजग्गा कारोबार, किन्ने भन्दा बेच्ने धेरै

Aug 3rd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, साउन १९

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार उपत्यकामा अहिले भने मासिक ४ देखि ५ हजारमात्रै घरजग्गा किनबेच हुन थालेको छ । तर , पहिले सामान्य अवस्थामा मासिक ७ देखि ८ हजारसम्म घरजग्गा किनबेच हुने गरेको थियो ।

साउन लागेपछि उपत्यकाको दैनिक कारोबार संख्या १०० देखि १५० भित्रमा सीमित भएकाले यहि दरमा कारोबार भए उपत्यकामा मासिक ३ देखि ४ हजार मात्रै घरजग्गा कारोबार हुने मालपोत कार्यालयहरुको अनुमान छ।

असारमा देशभर ४१ हजार ६ सय ५२ घरजग्गा किनबेच हुँदा उपत्यकामा ५ हजार ७ सय ७७ घरजग्गा किनबेच भएका थिए। साउनमा १० दिनको कारोबारमा १० हजार घरजग्गा किनबेच हुँदा उपत्यकामा करिब एक हजार हाराहारीमात्रै घरजग्गा किनबेच भएका छन्।

घरजग व्यवसायीहरु अहिले लागत मूल्यबाट तल घटेर बेच्न चाहदैनन् । नाफा त अहिले परकोे कुरा खरिद गरेकै मूल्यमा पनि किनिदिने कोहि छैन । तर बैंकको ब्याज भने नियमित रुपमा बुझाइरहनु पर्ने भएकाले उनिहरु अहिले समस्यामा परेका छन् ।

पछिल्लो समय त किनबेच खासै भएकै छैन । लकडाउन हुनुअघि देशभर दैनिक २ देखि ३ हजार घरजग्गा किनबेच भइरहेका थिए । तर साउनमा भने जम्मा १० हजारमात्रै घरजग्गा किनबेच भएका छन्।

चैतमा दैनिक औसत १७ सय घरजग्गा किनबेच हुँदा असारमा १५ सय र साउनमा एक हजार मात्रै घरजग्गा किनबेच भइरहेका हुन् ।

एक जग्गा व्यवसायी भन्छन् ‘ जग्गा किन्न खोज्नेहरु नभएको होइन भेटिन्छन्, तर सबै सस्तोमा किन्न खोजिरहेका छन्, सस्तोमा हामी बेच्न सक्दैनौ, उनिहरु महंगोमा किन्न तयार छैनन्, जसका कारण घरजग्गा व्यवसाय अहिले ठप्प जस्तै भएको छ ।

जग्गा बेच्ने मान्छे धेरै भए पनि किन्ने मान्छे नभएपछि कारोबार घटिरहेको छ । उपत्यकामा अहिले जग्गाको कारोबार आधाले घटेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi