neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकको एटिएम सेवा उदयपुर जिल्ला अदालत कार्यालय परिसरमा

ग्लोबल आइएमई बैंकको एटिएम सेवा उदयपुर जिल्ला अदालत कार्यालय परिसरमा

Aug 2nd, 2020

काठमाडौ, साउन १८

ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ । यो नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ ।

उक्त एटिएम सेवा उदयपुर जिल्ला अदालतका माननिय न्यायधीशद्वय दिपक खनाल र मनोज के.सी.ले संयुक्तरुपमा उद्घाटन गरेका हुुन । बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा,३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६वटा एटिएम,२०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

कोरोना (कोभिड–१९) ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सदा तत्पर रहेको छ ।