neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारले सत्याग्राही युवाहरुको माग सम्बोधन नगरेर गल्ती गर्यो: राप्रपा अध्यक्ष डा. लोहनी

सरकारले सत्याग्राही युवाहरुको माग सम्बोधन नगरेर गल्ती गर्यो: राप्रपा अध्यक्ष डा. लोहनी

Aug 2nd, 2020

काठमाडौ, साउन १८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्याग्रही युवाहरूको माग सम्बोधन नगरेर सरकारले गल्ती गरीरहेको बताएका छन् । कुनै आँखा रोग लागेको कारण नेपाल सरकारले जनमत कदर नगरेको उनको भनाइ छ ।

‘अब जनता नउठी भएन,’ राप्रपाका अध्यक्ष लोहनीले आइतबार भने । ‘बसन्तपुरमा अनसन बसीरहेका युवाहरूको मागलाई कुन आँखा रोगको कारण नेपाल सरकारले देखिरहेको छैन ?’ लोहनीले ट्वीट गर्दै भने ।

कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै जारी इनफ इज इनफ अभियानप्रति ऐक्यवद्धता जाहेर गर्दै राप्रपाले गत बिहीबार प्रदर्शन गरेको थियो । बसन्तुपर डबलीमा सम्पन्न कार्यक्रमको दौरान सत्याग्रहीको जीवन रक्षा गर्न, युवा अभियन्तासँग सरकारले गरेको सहमति पूरा गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गरेको थियो । युवा अभियन्ता ईःको सत्याग्रह आज १६ औं दिनमा प्रवेश गरेको छ । ईःसँगै समैरा श्रेष्ठले यस अघि ९ दिन र करण गुरुङले ७ दिन बिना खाना पानी सत्याग्रह गरेका थिए ।