neapl investment mega bank
  • गृहपृष्ठ
  • पहिरोमा परी एकै परिवारमा ४ सहित ५ जनाको मृत्यु

पहिरोमा परी एकै परिवारमा ४ सहित ५ जनाको मृत्यु

Aug 1st, 2020

काठमाडौं, १७ साउन

गुल्मी, रुरु क्षेत्र गाउँपालिका-५ आटीपाटाबोटे गाउँ बस्ने राजु बोटे माझीको एकतले कच्ची घरमा वर्षासँगै आएको ढुंगाले घर च्यापिँदा एकै परिवारका ४ जनाको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३० वर्षीय बिना बोटे माझी, उनकै छोराहरू ९ वर्षीय सागर बोटे माझी, ७ वर्षीय हेमन्त बोटे माझी र छोरी १० महिनाकी बिनिता बोटे माझी रहेका छन् ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ स्थित शनिबार बिहान आएको पहिरोमा परी भोजपुर आमचोक गाउँपालिका घर भएका २० वर्षीय राज कुमार राईको मृत्यु भएको छ । उदयपुर मैनामैनीबाट चतरा पुल हुँदै भोजपुर जाने क्रममा अचानक आएको पहिरोमा परी उनको घटनास्थलमै मृत्यु भएको हो । साथै सोही पहिरोमा परी घाइते भएका २ जनालाई उपचारको लागि धरान घोपातर्फ लगिएको छ ।
दुवै स्थानमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi