neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रोत नखुलेको नगद १९ लाख ५० हजार सहित २ जना पक्राउ

श्रोत नखुलेको नगद १९ लाख ५० हजार सहित २ जना पक्राउ

Aug 1st, 2020

महोत्तरी, १७ साउन

जलेश्वर नगरपालिका-२ जिरोमाईलबाट श्रोत नखुलेको नगद १९ लाख ५० हजार सहित लोहारपट्टि नगरपालिका-१ बगडा बस्ने २४ वर्षीय रबिन यादव समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ०४८८ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi