neapl investment mega bank

नक्कली नोट सहित एक व्यक्ति पक्राउ

Aug 1st, 2020

काठमाडौ, साउन १७

नक्कली नोट सहित एक व्यक्ति पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार शुुक्रबार अपरान्ह एकबजेको समयमा काठमाडौ महानगरपालिका वडा नम्वर ३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट स्याङजाको चापाकोट नगरपालिका ५ घर भई शान्तिनगर बस्ने बर्ष ३८ को नारायण पौडेलले संचालन गरेको सुबिधा स्टेशनरी भित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त नयाबानेश्वरबाट खटिएको प्रहरी टोलीले फोटोकपी गर्दै गरेको अवस्थामा नारायण पौडेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट कलर प्रिन्टर एक थान, सक्कली एक हजार दरको नोट एक थान र फोटोकपी गरि तयार गरिएको एक हजार दरको नोट १० थान बरामद गरिएको हो । पक्राउ परेका पौडेलमाथि थप अनुुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi