neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रलोभनमा पारी ६ महिलालाई भारतमा लगेर बन्धक बनाएको अभियोगमा पक्राउ

प्रलोभनमा पारी ६ महिलालाई भारतमा लगेर बन्धक बनाएको अभियोगमा पक्राउ

Jul 31st, 2020

काठमाडौं, साउन १६

कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका ११ बस्ने खोटाङ राबाबेसी गाउँपालिका-१ घर भएका ३९ वर्षीय पुष्प परियार र काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने दाङ घोराही उपमहानगरपालिका-९ घर भएका ५६ वर्षीय प्रविन शबिन शाह रहेका छन् ।

उनीहरुले झापा, मोरङ र पर्बतबाट ६ जना महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३० गते नेपालगंज नाका हुँदै भारतको नयाँ दिल्ली पुर्यारई एउटा घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएकोमा उक्त ब्यूरो र शान्ति पूनर्स्थापना केन्द्र नयाँ दिल्ली समेतको सहयोगमा महिलाहरुको उद्धार गरी २०७७ आसार २१ गते काठमाडौं ल्याएर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाएको उक्त व्यूरोले जनाएको छ । साथै उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा व्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुउपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi