neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु ,मृतकको संख्या ५६ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु ,मृतकको संख्या ५६ पुग्यो

Jul 31st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १६ साउन

नेपालमा कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
पर्साका ३ पुरुष र एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज-१६ कै ३५ वर्षीय पुरुष, वीरगन्जकै ६५ वर्षीय पुरुष र वीरगन्ज स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिला रहेका छन् ।

यो सँगै नेपालमा कोभिड –१९ बाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट १० हजार ७६८ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १२ हजार १११ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय १६ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा कैलाली र रौतहट रहेका छन् । हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १५१ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या १४ हजार ३९९ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,संखुवासभा, रसुवा,काभ्रे, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi