neapl investment mega bank

बर्दियाका ५०० घर डुबानमा

Jul 30th, 2020

बाँके, १५ साउन /रासस

कर्णाली र बबई नदीमा पानीको बढेसँगै यहाँका ५०० घर डुबानमा परेका छन् । तीन दिनदेखि अविरल वर्षा भएकाले यहाँका बासिन्दा रातभर त्रासमा बसिरहेका छन् । बर्दियाको राजापुर नगरपालिकाका ४०० घर डुबानमा परेपछि त्यहाँका मानिसहरु विस्थापित भएका छन् । राजापुर नगरपालिका डुबानमा परेको र त्यहाँका स्थानीयवासीलाई सुरक्षित राख्न बुद्ध आधारभूत विद्यालयमा सारिएको नगरप्रमुख शिवप्रसाद थारुले जानकारी दिनुभयो ।

बर्दियाका नदी आसपासका अन्य ७५ घर डुबानमा परेको र त्यहाँ बस्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ठाकुरबाबा नगरपालिका वडा नं ७ बठनपुरलगायत क्षेत्र डुबेपछि २५ घरपरिवार विस्थापित भएको छ । उनीहरुलाई वडा नं ८ को जगदम्बा माविमा उद्धार गरेर राखिएको ठाकुरबाबा नगरउपप्रमुख कृष्णाकुस्मा थारुले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi