काठमाडौ, साउन १५
कोरोना भाईरस (कोभिड १९) कारण बिदेशमा अलपत्र परेका नेपालीहरु मध्ये हालसम्म ३५ हजार आठ सय पाँच जना नेपालीको उद्धार भएको छ । सिसीएसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्ने नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने सिलसिलामा आज बिहिबार पनि दुुई सय ४८ जना स्वदेश फिर्ता भएकाछन ।
सो मध्ये प्रदेश १ बाट ३८, प्रदेश नम्पर दुुई १२, प्रदेश नम्वर तीन १०१, गण्डकी प्रदेश ४७, कर्णाली प्रदेशका ७ र सुदुर पश्चिम प्रदेशका १२ समेत गरी दुुई सय ४८ जना स्वदेश फर्र्किएका हुुन । सिसिएमसीका अनुसार आज बिहिबार उद्धार गरिएको दुुई सय ४८ जनामा दुुई वटा सव समेत रहेको छ ।