neapl investment mega bank

अब देशमै छ रोजगार अभियान शुरु

Jul 30th, 2020

काठमाडौ, साउन १५

अब देशमै छ रोजगार अभियान सरु भएको छ । आज आयोजना भएको एक भर्चुअल कार्यक्रममा, माननीय मन्त्री डा. युबराज खतिवडा, अर्थमन्त्रीले प्रख्यात उद्योगपतिहरु, स्किलिंग इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरुको भेलाका बीच अब देशमै छ रोजगारी अभियान सार्वजनिक गरेका छन् । रोजगारी सर्भिस प्रा.लि. र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा, यो अभियान प्रवासी पुनरागमनहरु र अन्य आर्थिक रुपले वञ्चित, समाजिक बहिष्कृत समुहहरुको जीवनयापन आवश्यकताहरुको प्रतिकृया दिन अघिल्ला प्रयासमा निर्मित छ । नवीनता, गुणस्तरीय प्रशिक्षण, रोजगारी र उद्यम स्टार्ट अप सेवालाई फैलाएर तथा विस्तार गरेर तथा सरोकारवालाहरुको दायरा भित्र र बीच मजबुद सहकार्य निर्माण गरेर, युकेएड सीप र रोजगारी सर्भिस रोजगारी, उद्यमशीलता वृद्धि र माइग्रेसनको लाभलाई अनुकूल गर्दे उद्योग र आर्थिक वृद्धि सक्षम बनाउनका लागि काम गरिरहेका छन् ।

अभियानको लोगो र नारा सार्वजनिक गर्दे मन्त्री खतिवडाले यस अभियानको महत्व र समयबद्धता औल्याउँदै भने, म विश्वस्त छु कि यस्ता बजार नेतृत्व स्किलिंग पहलहरुले गति लिन पाउँनेछन् र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाज, स्किलिंग पार्टनर, मिडिया र हाम्रा विकास पार्टनरबीच परिकल्पना गरिएको सहकार्य निमार्ण गर्नेछ । रोजगारी सृजना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण छ र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीतिहरु ल्याइरहेको छ जसले उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्नेछ, उनले भने ।

कोभिड—१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग ७ लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको छ । यो आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख भन्दा बढि रोजगारी सृजना गर्नु आवश्यक छ । “समयमै यो संकटलाई जवाफ दिन हाम्रो असक्षमताले अर्थतन्त्रका सबै क्षेत्रमा प्रतिकूल लहर झल्काउन सक्छ, र हालका दशकमा मिहेनतले हासिल गरेको प्रगतिलाई उल्ट्याउँन सक्छ, युकेएड सीपका टिम लिडर बलजीत बोहोराले आफ्नो प्रिजेन्टेशनको दौरान भने । हाम्रो लक्ष्य भनेको यो सुनिश्चित गर्नु हो कि हामी नेपालको मानव पुँजीलाई उनीहरुको जीवन र जीविकोपार्जन संरक्षण गर्दे यसको लाभ उठाउनु हो ।

रोजगारी सर्भिसले आफ्नो व्यापक प्ल्याटफर्महरु वेवसाइट, मोबाइल एपलिकेसन, सामाजिक संञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसलहरु प्रयोग गरेर पंजीकृत प्रवासी पुनरागमनहरुलाई उचित स्किलिंग, रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पु¥याउन सहकार्य गर्नेछ । रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्र राज गिरीले उल्लेख गरे, अब देशमै छ रोजगारी अभियान र युकेएड सीप र अन्यसंगको हाम्रो सामूहिक साझेदारीले नेपालको मानव संसाधनमार्फत र लागि रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पु¥याउन सामूहिक उत्प्रेरित गर्न सक्दछ । यो समयको आवश्यकता पनि हो ।

कार्यक्रममा प्यानलिस्टको रुपमा बोल्दै श्रीनगर अग्रो फार्मकी मौशमी श्रेष्ठले भनिन्, नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलता सम्भावना छ । कृषिमा मात्र होइन हस्तकला, कपडा, निर्माण र अन्यमा । घरेलु रोजगारी प्रवद्र्धनमा ध्यान केन्द्रित भएको देख्दा म निकै खुशी छु, अन्य प्रख्यात प्यानलिस्ट पवन गोल्यान, विष्णु अग्रवाल, रचना थापा र शेखर गोल्छाले देशमा स्किलिंग, रोजगारी सृजना र उद्यमशीलताका लागि उद्योग नेतृत्व सहलगानी मोडल र सहकार्यको महत्वलाई प्रकाश पारे ।

aadharbhumi
aadharbhumi
aadharbhumi