neapl investment mega bank
  • गृहपृष्ठ
  • सुनको मुर्ति हो भनि ठगी गर्ने व्यक्तिहरू पक्राउ

सुनको मुर्ति हो भनि ठगी गर्ने व्यक्तिहरू पक्राउ

Jul 30th, 2020

काठमाडौ, साउन १५

सुनको मुर्ति हो भनि ठगी गर्ने व्यक्तिहरू पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाका अनुसार ठगी कार्यमा संलग्न महोत्तरी, बर्दिबास न.पा.वडा नं.०८ घर भई हाल काठमाडौ बस्ने २१ बर्षिय अनिल बाँनियाँ र रामेछाप, मन्थली न.पा.वडा नं.०२ घर भई हाल जोरपाटी बस्ने ३७ बर्षिय बसन्त श्रेष्ठ पक्राउ परेका हुुन ।

भगवान गौतम बुद्दको मुर्ति आफुहरुसंग रहेको र उक्त मुर्तिमा आधा किलो सुन छ, किन्ने हो भने २० लाखमा बेच्छौ भनि नगद १४ लाख समेत लिई झुक्याई फरार रहेका ति व्यक्तिहरुलाई महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न स्थानहरूबाट नगद एक लाख ९५ हजार रुपैयाँ सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागि परिसर, काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।