neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ४५ जना कोरोना संक्रमित

Jul 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १५ साउन

काठमाडौंमा थप ४५ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ४५ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ४१,ललितपुरका २ र भक्तपुरका २ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । बुधवार काठमाडौं उपत्यकामा १५ संक्रमित थपिएका थिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार ३०४ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १३ हजार २०१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा कैलाली र रौतहट रहेका छन् । हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २२७ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या १४ हजार २४८ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi