neapl investment mega bank
  • गृहपृष्ठ
  • चेक रिपब्लिक पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

चेक रिपब्लिक पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

Jul 30th, 2020

काठमाडौ, साउन १५

चेक रिपब्लिक पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनले धादिङको निलकण्ठ न.पा. वडा नं. १२ बस्ने तुल बहादुर कमरको छोरा बर्ष २६ को रमेश कमरले चेक रिपब्लिक पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद ११ लाख १३ हजार लिई रकम ठगी गरी सम्पर्क विहीन भई फरार रहेको भनि यस कार्यालयमा सूचना प्राप्त भएको आधारमा पक्राउ गरेको हो ।

सो सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा निजले अन्य १५ जना व्यक्तिहरुबाट समेत विभिन्न देश पठाईदिन्छु भनि अठार लाख रुपैयाँ विगो रकम ठगी गरेको खुल्न आएको हुँदा सो ठगी कार्यमा संलग्न रमेश कमरलाई महाशाखाबाट खटिइएको प्रहरी टोलीले बुधबार समयमा का.जि. का.म.न.पा. वडा नं.३ बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धानको लागि काठमाडौ प्रहरी परिसरमा पठाएको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi