neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बङ्गलादेश बैंकको बाह्रविसे शाखाद्धारा बाढी तथा पहिरो पीडितलाई राहत रकम हस्तान्तरण

नेपाल बङ्गलादेश बैंकको बाह्रविसे शाखाद्धारा बाढी तथा पहिरो पीडितलाई राहत रकम हस्तान्तरण

Jul 29th, 2020

काठमाडौ, साउन १४

आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई नेपाल बंगलादेश बैकले आर्थिक सहायता उपलब्ध गराएको छ । उक्त बाढी तथा पहिरोको कारण विस्थापित परिवारहरुलाई बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत राहत वितरणका निम्ती बाह्रविसे नगरपालिका मार्फत आर्थिक सहयोग स्वरुप एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त बाढी तथा पहिरोको कारण हुन गएको क्षती प्रति नेपाल ब¨लादेश बैंक बाह्रविसे शाखा तथा बैंक परिवारले गहिरो दुःख ब्यक्त गरेको छ ।