neapl investment mega bank
  • गृहपृष्ठ
  • कैदीबन्दीलाई नवनिर्मित भवनमा स्थानान्तरण

कैदीबन्दीलाई नवनिर्मित भवनमा स्थानान्तरण

Jul 29th, 2020

तनहुँ, १४ साउन /रासस

सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई नवनिर्मित भवनमा स्थानान्तरण गरिएको छ । २५ जना क्षमताको उक्त कारागारमा छ गुनाभन्दा बढी कैदीबन्दी राख्नुपर्ने अवस्था आएपछि औपचारिक कार्यक्रमबिना नै यही साउन १ गतेदेखि नयाँ भवन सञ्चालनमा ल्याइएको हो ।

कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा ब्यारेक र बन्दीगृह गरी तीन भवन भ्याटबाहेक रु छ करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न भएपछि कैदीबन्दीलाई स्थानान्तरण गरिएको हो । उक्त भवन निर्माणपश्चात् ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको बन्दीगृह रहेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । अहिले पुरानो कारागार भवनमा ११० र नयाँ भवनमा ६१ जना कैदीबन्दी राखिएको छ । हाल कैदी ११९ र थुनुवा ५२ गरी १७१ जना कैदीबन्दी रहेका छन् ।

सिसी क्यामेराको व्यवस्थापन राम्रो भएन

सदरमुकाम दमौली र आसपास क्षेत्रमा सिसी क्यामेरा जडान गरे पनि प्रहरीद्वारा गरिने व्यवस्थापन पक्ष सबल नहुँदा क्यामेरामा गरिएको लगानी बालुवाको पानी सरह बनेको छ । चोरी डकैती तथा आपराधिक क्रियाकलापका घटना न्यूनीकरण गर्ने उद्देश्यले दमौलीको मुख्य नाका र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरे पनि त्यसको उचित व्यवस्थापन नहुँदा यहाँका व्यवसायी चिन्तित भएका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घ, दमौली बजार एकाइ समितिको सक्रियतामा दमौली बजार आसपास क्षेत्रमा सिसी क्यामेरा जडान गरिए पनि प्रहरीद्वारा गरिने व्यवस्थापकीय पक्ष कमजोर बन्दै गएको दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठले बताउनुभयो । बजार र आसपास क्षेत्रमा हालसम्म ३२ वटा सिसी क्यामेरा जडान गरिएको छ भने हाल ११ वटा मात्रै प्रयोगमा आएको उहाँले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi