neapl investment mega bank

अवैध लागूऔषध गाँजा सहित पक्राउ

Jul 29th, 2020

काठमाडौं, साउन १४

काठमाडौं महानगरपालिका -गौशाला रिद्धीसिद्धी होटलबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित काठमाडौं पशुपति बस्ने भोजपुर घर भएका २५ वर्षीय राम बहादुर थापा समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका १ स्थित सडकबाट १किलो ५०० ग्राम अवैध लागूऔषध गाँजासहितबारागढी गाउँपालिका ५ बस्ने २४ वर्षीय दुख प्रसाद चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको ना.५२प७४०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi