neapl investment mega bank
  • गृहपृष्ठ
  • वर्षा, पहिरोका कारण सडक अवरोध तथा धनमाल क्षति

वर्षा, पहिरोका कारण सडक अवरोध तथा धनमाल क्षति

Jul 29th, 2020

काठमाडौं, १४ साउन

देलैख, चामुण्डा बिन्द्रासैनी नगरपालिका-९ पादुका खोलामा बर्षाको कारण पहिरो आई कर्णाली राजमार्ग मंगलबार अबरोध भएको छ ।

पर्वत, मोदी गाउँपालिका-२ पातीचौरस्थित पोखरा बागलुङ सडकमा पहिरो आउँदा मंगलबार बाटो पूर्णरुपमा अबरोध भएको छ । साथै जलजला गाउँपालिका-४ लामाखेतस्थित बेनी-माल्ढुङगा सडकमा पहिरो आई मंगलबार बाटो अबरोध भएको छ ।

ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-४ थिङथेवा खोलास्थित कच्चीमा सडकमा पहिरो आउँदा मंगलबार बाटो अवरोध भएको छ ।

पाल्पा, रिप्दीकोट गाउँपालिका-३ करङगैरास्थित पाल्पा-गुल्मी सडक खण्डमा बर्षाको कारण पहिरो आउँदा मंगलबार बाटो पूर्णरुपमा अबरोध भएको छ ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका-१ फुतबाङ ओल्लुवा खोलास्थित सन्धिखर्क गोरुसिङ्गे सडकमा बर्षाको कारण पहिरो आउँदा मंगलबार बाटो पूर्णरुपमा अबरोध भएको छ ।

म्याग्दी, बेनी नगरपालिका-६ डम्बरास्थित सडकमा मंगलबार ढुङगा सहितको पहिरो आउँदा बेनी दरवाङ सडक पूर्णरुपमा अवरोध भएको छ । साथै पहिरोबाट सोही ठाउँ बस्ने ४५ वर्षीय भिम बहादुर थापाको फर्निचरमा आशिक क्षति भएको छ ।

अछाम, साफेबगर नगरपालिका-१३ बुढाबगर बस्ने मेल्लेख गाउँपालिका-४ कुस्कोट घर भएका सुक्र साउदको आदीत्य श्रृङगार पसलमा मंगलबार पहिरो आई पसल पुरिँदा करिब ५ लाख रुपैयाँ बराबको धनमाल नष्ट भएको छ ।

पर्सा, जगरनाथपुर गाउँपालिका-५ बिर्ताटोल बस्ने धुरी राम लगायत ४ जनाको घरमा मंगलबार बर्षाको कारण आएको बाढीले घरहरु डुवान हुँदा करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धनुषा, गणेशनाथ चारनाथ नगरपालिका-५ ढुङ्गेबगरस्थित उम्राखोलामा अविरल बर्षाको कारण मंगलबार आएको बाढी गाउँमा पसी सोही ठाउँ बस्ने पदम बहादुर कार्कीको घरमा आंशिक क्षति भएको छ ।

सबै स्थानहरुमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै पहिरोका कारण अवरोध भएका स्थानहरुमा पहिरो हटाउने कार्य गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi