रसना ढकाल
साउन, १४ काठमाण्डौ
रात्रीकालिन व्यवसाय सञ्चालमा ल्याउन सरकारलाइ ध्यानाकर्षण गरिने रात्रीकालिन व्यवसायिहरुले बताएका छन । काठमाण्डौ स्थित दरबार रोधी घरमा बसेको नेपाली राष्ट्रिय लोक दोहरी व्यवसायि संघका पदाधिकारीहरु विच भएको छलफलमा उक्त कुरा बताइएको हो । व्यसायिहरुले सरकारले सानो व्यवसाय गरेर आन्तरिक पर्यटन क्षेत्रलाइ बढावा दिदै आइरहेको रेष्टुरेण्टहरु दोहरी साझ र डान्सबार खोल्न सरकारले ध्यान नदिएको गुनासो गरेका थिए ।
राष्ट्रिय लोक दोहरी व्यवसायिहरुका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले व्यवसायि कार्यविधि बनाएर दोहरी साझ र डान्सबार खोल्न सरकार समक्ष आग्रह गर्ने बताउनु भयो । त्यसैगरी डाफे दोहरीका सञ्चालक तथा रात्रिकालिन व्यवसायि संघका उपाध्यक्ष आरसि पोखरेलले, दोहरी साझ र डान्सबारमा काम गरेर जीविको पार्जन गर्ने श्रमिक महिलाहरुको अवस्था झनै दैनिय हुदै गइरहेको बताउनु भयो ।
यसै महानगरीय प्रहरी बृत्त जनसेवा र विश्वस नेपालको संयुक्त आयोजनामा मंगलवार गरिएको कार्यक्रममा रात्रीकालिन व्यवसायका व्यवसायिहरुले बन्दाबन्दीको अवस्था देशमा नभएता पनि सरकारले रात्रीकालिन व्यवसायलाइ खोल्न इच्छा नदेखाएको बताइएको छ । रात्रीकालिन व्यवसाय संघका उपाध्यक्ष आरसि पोख्रेलले,“ रात्रीकालिन क्षेत्रमा काम गर्ने करिब ८ लाख श्रमिकहरु वेरोजगार हुने र यता व्यवसायीहरुको लगानी खेर जान सक्ने सम्भावना प्रवल रहेका जिकीर गर्दै दोहरी तथा डान्सबारमा काम गर्ने श्रमिकहरुको अवस्था दैनिय हुदै गएको बताउनु भयो । ”
यसैगरी विश्वास नेपालकि अध्यक्ष तारा भण्डारीले,बन्दाबन्दीको कारण धरासाहि बन्दै गएको रेष्टुरेण्ट क्षेत्रलाइ पुन सञ्चालमा ल्याउन विश्वास नेपालबाट संघिय सरकार र स्थानीय सरकारलाइ पटक पटक ध्यानाकर्षण गराइएको जानकारी दिनु भयो । यसैगरी सुन्धारा स्थित साझा चौतारीका सञ्चालक सुजन घिमिरेले, व्यवसायिहरु जति मारमा परेका छन त्यो भन्दा धेरै श्रमिकहरु मारमा परेको बताउनु भयो ।
यसैगरी महागरीय प्रहरी बृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरिक्षक सुनिलजंग शाहले कोरोना महामारीको जटिल परिस्थिती बाट मुलुक गुज्रिरहेको यस अवस्थामा नागरिकले पनि राज्यप्रतिको दायित्व पूरा गर्नु पर्ने बताउनु भयो ।
कोरोना भाइरसको संक्रमणबाट बच्न २०७६ चैत्र २३ गते नेपाल सरकारले गरेको बन्दाबन्दीको कारण मूलुकका सबै सेवा प्रदायक क्षेत्रहरु सुरक्षित तवरले खुल्न सकेका छैनन ।