neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकको बड्डीचौर एक्सटेन्सन काउण्टर सञ्चालनमा

ग्लोबल आइएमई बैंकको बड्डीचौर एक्सटेन्सन काउण्टर सञ्चालनमा

Jul 28th, 2020

काठमाडौ, साउन १३

ग्लोबल आइएमई बैंक लिमिटेडले सुर्खेतको बड्डीचौरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. ५, बड्डी चौरमा बैंकिङ्ग सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७० वटा जिल्लामा फैलिएको शाखा सञ्जाल सहित २३३ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २०१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना १९ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सदा तत्पर रहेको जानकारी समेत बैंकले दिएको छ ।