neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिर्जाज गर्न नयाँ व्यवस्था

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिर्जाज गर्न नयाँ व्यवस्था

Jul 28th, 2020

काठमाडौ, साउन १३

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि स्टार ४१२ ह्यास प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट स्टार ४१२ ह्यास डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको रिचार्ज युुसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ । त्यसैगरी नयाँ सिम सुचारु गर्न हाल १४१५ मा कल गरी फष्र्ट कल एक्टीभेसन (एफसिए) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले स्टार १४१४ ह्यास डायल गरी एफसिए गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाईट https://www.ntc.net.np/ मार्फत रिचार्जगर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवाको रिर्चाज समेत थप सहज रुपले गर्न सकिने अपेक्षा गरिएको टेलिकमले जनाएको छ ।