neapl investment mega bank
  • गृहपृष्ठ
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Jul 28th, 2020

काठमाडौ, साउन १३

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले पारस लोहनीलाई बैकिङ कसुरको अभियोगमा पक्राउ गरेको हो ।

सिआईबीका अनुसार आकाश लामिछाने समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पारस लोहनी भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको मिति २०७६।१०।२९ गतेको फैसलाले नुवाकोट जिल्ला साविक थानापति गा.वि.स. वडा नं. ९ हाल ललिपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४, तिखिदेवल बस्ने वर्ष ४३ को पारस लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुुने ठहर गरेको थियो । सो पश्चाात सजाय वेरुजू रही फरार रहेका लोहनीलाई साउन १२ गते अर्थात सोमबार मातातिर्थ, काठमाण्डौंबाट लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेका लोहनीलाई फैसला कार्यान्वयनको लागि आज मंगलबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ । साथै प्रतिवादी लोहनीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवाला आकाश लोहनी समेतका अन्य दुई जनालाई झुक्यानमा पारि बिभिन्न मितिमा बिभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैकिङ्क सूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको ब्यहोरा सिआईबीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi