neapl investment mega bank
  • गृहपृष्ठ
  • अबैध अन्तराष्ट्रिय कल बाईपासमा संलग्न पक्राउ

अबैध अन्तराष्ट्रिय कल बाईपासमा संलग्न पक्राउ

Jul 28th, 2020

काठमाडौ, साउन १३

अबैध अन्तराष्ट्रिय कल बाईपासमा संलग्न पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भईरहेको भन्ने सूचनाका आधारमा खोजतलास गरी छापा समेत मारी काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं. २२, खिचापोखरी स्थित इम्पेरियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाईटेड टेक्नोलोजी प्रा.लि. रहेको भवनमा अवैध रुपमा संचालन गरी रहेको अवस्थामा फेला पारी ८ पोर्टको भिओआईपी उपकरण सहित ३३ बर्षिय हरि शंकर श्रेष्ठलाई फक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादी हरि शंकर श्रेष्ठ उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको सिआईबीले जनाएको छ । भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. ५ ताहाननी स्थायी वतन भई का.जि. का.म.न.पा. वडा नं. ७ बौद्व बस्ने श्रेष्ठलाई का.जि. का.म.न.पा. वडा नं. २२ खिचापोखरी सोमबार पक्राउ गरिएको सिआईबीले जनाएको छ । पक्राउ परेका श्रेष्ठको साथबाट आठ वोर्टको ओपन भ्वाईस गेट वे, चार्जर, एनसेलको सिम आठ थान बरामद भएको प्रहरीले जनाएको छ ।

सिआईबीका अनुसार अवैध कल वाईपास बिरुद्धका सिआईबीको कारवाहीका क्रममा हालसम्म ११२ स्थानहरुबाट विभिन्न दुरसंचार कम्पनीका २३,९८१ थान सिम र उपकरणहरु सहित नेपाली नागरिक १३२ र विदेशी नागरिक ३८ गरी जम्मा १७० जनालाई पक्राउ गर्नुका साथै पक्राउ प्रतिवादीहरु बिरुद्ध रु. १२,२०,५२,५२,३२७.४७ को बिगो मागदाबी लिई सम्मानित अदालतमा मुद्दा दायर गरिएको व्यहोरा गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi