neapl investment mega bank
  • गृहपृष्ठ
  • बाढी पहिरोले मृत्यु तथा विभिन्न धनमाल नष्ट

बाढी पहिरोले मृत्यु तथा विभिन्न धनमाल नष्ट

Jul 28th, 2020

काठमाडौं, १३ साउन

बाग्लुङ, निसिखोला गाउँपालिका-१ हर्पे बस्ने कमल परियारको कच्ची घर वर्षाको कारण सोमबार राति भत्किँदा उनको छोरा ३ वर्षीय समीर परियारको पुरिएर मृत्यु भएको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले उनको उद्धार गर्ने क्रममा शव फेला पारेको हो । यसैगरी तमानखोला गाउँपालिका-२ खोलेश्वाङ बस्ने पान बहादुर बिकको घरमा पहिरो आई घरको आधा भाग पुरिँदा घरमा सुतिरहेका उनका छोरा १३ वर्षीय खिम बहादुर विक र छोरी १२ वर्षीया रिता बिकको मृत्यु भएको छ । पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बोङगादोभानबाट खटिएको प्रहरीले उद्धार गर्ने क्रममा दुबै जनाको शव फेला पारेको हो ।

रुकुम (पश्चिम), अविरल वर्षाको कारण आठबिसकोट नगरपालिका-१३ बस्ने चन्द्रकला पुनको कच्ची घरमा आइतबार राति पहिरो आई पुरिँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा समेत गरी करिब २ लाख १० हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी अविरल वर्षाका कारण आएको पहिरोले बाफिकोट गाउँपालिका-९ स्यालाखेत बस्ने हस्त बहादुर सुनारको घर मंगलाबर करिब २० मिटर तल बगाएको छ । ईलाका प्रहरी कार्यालय बाफिकोट र अस्थाई प्रहरी पोष्ट छिनखेतबाट खटिएको प्रहरीले बेपत्ता भएका २ जनाको खोजी गर्नुका साथै १ सामान्य घाइतेलाई उपचारको लागि कुसारी पोलीक्लिनिक पठाएको छ । घरमा रहेका ६ जना मध्ये ३ जना सकुशल रहेका छन् ।

ईलाम, अविरल वर्षाको कारण रोङ गाउँपालिका-४ ओझेलीस्थित अम्लिसो, अलैंची र ईस्कुस खेति लगायत २५ रोपनी बराबरको जमिनमा पहिरोले क्षति पुर्‍याउँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । उक्त स्थानमा जोखिममा रहेका घर परिवारलाई सोही ठाउँस्थित स्कूलमा बस्ने व्यवस्था मिलाइएको छ ।

पाल्पा, बगनासकाली गाउँपालिका-४ सेरास्थित सिद्धार्थ राजमार्गमा वर्षाको कारण सडक पहिरो झरेर मंगलबार बिहानदेखि सडक पूर्णरूपमा अवरोध भएको छ । प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । यसैगरी तानसेन नगरपालिका-८ गौडेपुलस्थित सिद्दार्थ राजमार्गमा वर्षाको कारण पहिरो झरेर मंगलबार बिहानदेखि सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । साथै तिनाउ गाउँपालिका-३ सिद्धाबाबा मन्दिरदेखि २ सय मिटर उत्तरतर्फ सिद्धार्थ राजमार्गमा अविरल वर्षाको कारण ढुङ्गाहरुको पहिरो झरेर मंगलाबर बिहानदेखि सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-५ कोठेस्थित अरनिको राजमार्गमा वर्षाको कारण पहिरो झरेर मंगलबार बिहानदेखि सडक अवरोध भएको छ । प्रहरी चौकी बलेफीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

भोजपुर, पौवादुम्मा गाउँपालिका-२ तिवारी भन्ज्याङस्थित पहिरो झरेर सोमबार रातिदेखि सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय तिवारी भन्ज्याङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

दार्चुला, दुहु गाउँपालिका-३ सल्ली खेती बस्ने २१ वर्षीय सुनिल जोशीले मेरो घर मंगलाबर बिहान पहिरोले पुरिँदा उनको बुवा ५० वर्षीय राम दत्त जोशी र आमा ४५ वर्षीया ईन्द्रा जोशी समेत पुरिएका छन् । प्रहरी चौकी ब्रहमदेब र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

चितवन, अविरल वर्षा र बाढीले इच्छाकामना गाउँपालिका-७ स्थित सडकखण्डको भोजाड र सिमलढाप जोडने पक्की पुलको पिल्लरहरु सोमबार बिहान भत्किँदा आवत जावतमा अवरोध भएको छ । प्रहरी बिट भोजाडबाट खटिएको प्रहरीले आवश्यक कार्य गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi