चितवन, १३ साउन
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन, रत्ननगर नगरपालिका-३ तरकारी चोकस्थित ना.४ ख ४१५५ नम्बरको ट्रकले ना.४७ प ६१८९ नम्बरको स्कुटरलाई सोमबार राति ठक्कर दिँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका पुरुषको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिई फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।