neapl investment mega bank
  • गृहपृष्ठ
  • विभिन्न बहानामा हैरानी दिई मोबाइल र नगद लिएको अभियोगमा पक्राउ

विभिन्न बहानामा हैरानी दिई मोबाइल र नगद लिएको अभियोगमा पक्राउ

Jul 27th, 2020

काठमाडौं, साउन १२

विभिन्न बहानामा हैरानीदिई मोबाइल र नगद लिएको अभियोगमा कीर्तिपुर नगरपलिका २ ट्याङलाफाँट बस्ने प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बहादुर साउदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

साउदले चोरी भएको मोबाईल ट्रेस गरी उक्त मोबाईल चलाईरहेको व्यक्ति पत्ता लगाई विभिन्न बहानामा फसाउँछु भन्दै हैरानी दिई उक्त मोबाइल तथा नगद समेत लिएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय र महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट १० थानएक हजार दरका नोट र २ थान मोबाइल बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi