neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध लागूऔषधसहित दुई बंगलादेशी पक्राउ

अवैध लागूऔषधसहित दुई बंगलादेशी पक्राउ

Jul 27th, 2020

काठमाडौं, साउन १२

काठमाडौं महानगरपालिका १६ वहती पोखरीस्थित सडकबाट नियन्त्रित लागूऔषध ३ सय एम्पुल डाइजेल्याब, ३ सय एम्पुल बुप्रनोर्फिन, ३ सय एम्पुल फेनारागन र २० हजार रुपैयाँ सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बगंलादेश ढाका ठेगाना भएका २६ वर्षीय अब्दुल्हा सोजाल र २६ वर्षीय मोहम्मद बाबुुल सलाम रहेकाछन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा प्रदेश नम्बर ३-०२००१ प ५२२९ नम्बरको मोटरसाइकलमा बसिरहेको अबस्थामा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका ३ महाराजगंजस्थित सडक किनारबाट अवैध लागूऔषध ०.५ ग्राम खैरो हेरोइन र नगद २० हजार रुपैयाँ सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका १ कमलपोखरी ठेगाना भएका २४ वर्षीय किसन कार्की र सोही महानगरपालिका २ ठेगाना भएका २५ वर्षीय कर्मा लामा रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै जनालाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi