neapl investment mega bank
  • गृहपृष्ठ
  • अयोध्यापुरीको अनुसन्धानको लागि पुरातत्त्व विभागले लियो एक्सन

अयोध्यापुरीको अनुसन्धानको लागि पुरातत्त्व विभागले लियो एक्सन

Jul 27th, 2020

आधारभूमि संवाददाता

काठमाडौं ,साउन १२

सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खननमा चासो दिएसंगै पुरातत्व विभागले अनुसन्धान अघि बढाएको छ ।

अयोध्यापुरीको विषयमा जानकारी लिन आउनेहरूलाई सही सूचना दिनको लागि तथा खोज, उत्खनन् र अनुसन्धानमा सघाउनको लागि तत्कालीन गाविस अध्यक्ष नारदमणि पौडेलको अध्यक्षतामा समिति गठन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो दिंदै अनुसन्धानका प्रकृया अघि बढाएको थियो ।

त्यस्तै माडी नगरपालिकाको वडा नं ८ मा पर्ने आयोध्यापुरी क्षेत्रमा हेर्नको लागि जिल्लाबाहिरबाट पनि आउन थालेका छन् ।

विभागले अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेटको प्रतिक्षा गर्दै अन्य प्रकृयाको तयारीमा रहेको जनाएको छ ।

अहिले बाहिर आएका प्रमाणहरु आप्रामणिक रहेकोले अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियो वा थिएन भन्ने स्पष्ट हुने विभागका अधिकारीहरुले वताएका छन् ।

विभागका अनुसार सरकारले पर्साको ठोरीस्थित ‘अयोध्यापुरी’ मा भगवान रामसँग जोडिएका पुरातात्विक तथ्य खोजीका लागि उत्खनन गर्न विज्ञहरुसँग छलफल अगाडि बढाएको छ।

इतिहासविद्, संस्कृतिविद् र धर्मविदसँग छलफल अगाडि बढाइएको छ। प्रारम्भिक चरणमा उत्खननको लागि विज्ञहरुसँग छलफलको प्रक्रिया अगाडि बढाइएको जानाइएको छ ।

पर्सा र चितवनको ठोरीनजिकै रामको जन्म भएको भनिए पनि चितवनको माडी नगरपालिका क्षेत्रमा नै सयौँ वर्ष पुराना इटाका टुक्रा, ढुङ्गा, माटो लगायत केही भौतिक सामग्री रहेकाले यहीँ हुनसक्ने यहाँका स्थानीयको अनुमान छ ।

अनुसन्धान पछि वडा नं १ वाल्मिकी क्षेत्रमा लवकुशको घोडा बाँध्ने स्थान, लवकुश खेल्ने स्थान, कुवा, सीता पाताल भासिएको स्थान त्यहाँ भेटिएको प्रमाणहरू र धार्मिक ग्रन्थमा उल्लेख भएका विषय मिल्ने गरेको नगरपालिकाले जनाएको छ ।

हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ । तर यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालमा नै जन्मेका र अयोध्या पनि नेपालमै पर्ने बताए पछि धार्मिक र सांस्कृतिक क्षेत्रमा बहस शुरु भएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi