neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

Jul 27th, 2020

काठमाडौं, साउन १२

जुम्लाको आफ्नै ८४ वर्षीय बाबु धन बहादुर शाहीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका-४ बस्ने २८ वर्षीय ऐन बहादुर शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शाहीले घरायसी विवादको कारण कुटपिट गर्दा गम्भीर घाइते भएका धन बहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएपछि ईलाका प्रहरी कार्यालय हाडसिजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बाँकेको आफ्नै ७५ वर्षीय श्रीमान लक्षीराम थारुलाई धारिलो हतियार बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिक-६ नयाँ गिजरा बस्ने ६५ वर्षीया मिछिया थारुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मिछीयाले सामान्य विवादका क्रममा एक्कासी धारिलो हतियार बन्चरोले टाउको, खुट्टा र हातमा प्रहार गर्दा लक्षीरामको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।