neapl investment mega bank
  • गृहपृष्ठ
  • बैकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ का फरार प्रतिवादी पक्राउ

बैकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ का फरार प्रतिवादी पक्राउ

Jul 26th, 2020

काठमाडौ, साउन ११

बैकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार कृष्णभक्त महर्जनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेन्द्र कुमार महर्जन भएको बैंकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७६।१०।२० गतेको फैसलाले जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १४, कलंकी घर भई जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा ४, इमाडोल बस्ने बर्ष ४७ को राजेन्द्र कुमार महर्जनलाई १० दिन कैद र १५ लाख ७५ हजार रुपैंया जरिवाना हुने ठहर भएकोमा उल्लेखित सजाय वेरुजू रही फरार रहेका निजलाई आज आईतबार कलंकी, काठमाडौंबाट लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकालाइक्षर्् फैसला कार्यान्वयनको लागि आजै सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ ।

सिआईबीका अनुसार निज प्रतिवादीले आफ्नो नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नंबर ०५२०५०५००६३९३० को खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारि २०७५ भदौ पाँच गते बैंक चेक काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम फैसला भएको सिआईबीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi