neapl investment mega bank
  • गृहपृष्ठ
  • उपत्यकामा थप ८ जना कोरोना सङ्क्रमित थपिए

उपत्यकामा थप ८ जना कोरोना सङ्क्रमित थपिए

Jul 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ११ साउन

काठमाडौंमा थप ८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ४ हजार ७५ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १७ हजार ९०३ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४० छ। जसमध्ये प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १ हजार ८ सय७३जना, बागमती प्रदेशका ४४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५का ३५८ जना, कर्णाली प्रदेशमा ३६६जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८जना रहेका छन्। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ७५ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या १३ हजार १२८ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा पाँचथर, भोजपुर ,संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi