सोल, ११ साउन /एएफपी
उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।
सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन् ।
सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठक मार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराउनुभएको हो । नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न आदेश दिनुभएको छ ।
आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोना सम्बन्धी कुनै पनि घटनाहरू नभएको दावी गर्दै आएको थियो ।