neapl investment mega bank
  • गृहपृष्ठ
  • ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा पक्राउ

ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा पक्राउ

Jul 26th, 2020

भक्तपुर, ११ साउन

मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोरङ विराटनगर उपमहानगरपालिका(१ घर भई हाल सानोठिमी बस्ने ३० वर्षीय जीवन श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

बा.९० प २२५० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मादक पदार्थ सेवन गरेका श्रेष्ठले प्रहरीलाई १ सय ४५ रुपैयाँ दिई प्रलोभनमा पार्ने खोजेपछि प्रहरीले उनलाई उक्त नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi