neapl investment mega bank
  • गृहपृष्ठ
  • बिहे गरी अमेरीका लैजाने प्रलोभनमा पारी ठगि गर्ने युवतीहरु पक्राउ

बिहे गरी अमेरीका लैजाने प्रलोभनमा पारी ठगि गर्ने युवतीहरु पक्राउ

Jul 26th, 2020

काठमाडौ, साउन ११

बिहे गरी अमेरिका लैजाने प्रलोभनमा पारी ठगि गर्ने युवतीहरु पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाका टेकुुका अनुसार बिभिन्न ब्यक्तिहरुलाई फेस बुुक र टिकटक मार्फत युवाहरुलाई फलो गर्ने र आफू अमेरीकाको डिभी परी अमेरीकाको क्यार्लिफोनियामा बस्दै आएको, बिहे गरे पश्चात अमेरीका लैजाने भनी बिभिन्न बहाना बनाई माया जालको प्रपञ्चमा पारी ठगी गरेको भन्ने जाहेरी दरखास्तको आधारमा प्राबिधिक बिश्लेषणको माध्यामबाट अनुसन्धान गर्दा उक्त कार्य गर्ने जिल्ला बाग्लुङ काठेखोला गाउँपालिका वडा नं. २ घर भई हाल जि. भक्तपुर सुर्यबिनायक नगरपालिका रोज भिलेज कोलोनीमा बस्ने बर्ष २७ कि कोपिला शर्मा र ऐ.ऐ. स्थान बस्ने बर्ष १९ की अमिसा के.सीले छ लाख ६० हजार हजार रुपैयाँ ठगी गरेको खुल्न आई निजहरु ठगी गरे पश्चात रुपन्देही जिल्लाको बुटवल एरियामा लुकिछिपी बसेको खुल्न आएकोले कोपिला शर्मा र अमिसा के.सीलाई यही साउन नौ गते बुटवल बाट पक्राउ गरि निहरुलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत ठिमिमा पठाईएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले सामाजिक संजाल टिक टक वा फेसबुुकमा पिडितलाई फलो गरीरहने र फ्रेन्ड रिक्युस्ेट पठाउने र म तपाईको फ्यान हो भनी एसेप्ट गर्न बाध्य बनाई कोपिला शर्माले आफू अमेरीकाकाको डिभी परेको हाल लकडाउनले नेपालमा बसोबास गर्दै आएको र नेपालमा डिर्पाटमेन्टल स्टोर संचालन गर्ने, सो संचालन गर्ने पैसाको आवश्यक परेको र पिडितलाई पार्टनर बनाउने भनी पटक पटक गरी पाँच लाख रुपैयाँ ठगी गरेको खुुलेको छ ।

कोपिला शर्माले आफ्नो बुवाको समेत फेक आईडी बनाएर गरी ढुकुटीको पैसा तिर्ने बहाना बनाई ठगि गर्ने गरेको, आफू अमेरीकाको डिभी होल्डर हो भनी बिश्वास दिलाई भक्तपुरको एक जना पिडितको छोरी संग मितेरी लगाई अमेरीका लैजान्छु भन्ने बिश्वास दिलाई एक लाख ६० ठगी गरेको खुुलेको छ ।

फिल्म क्षेत्रका ब्यक्तिहरुलाई समेत फेक फेसबुुक निकी पौडेल नामको आईडीबाट कुराकानी गरी आफु संग बिहे गरेमा अमेरीका लैजाने भनी ठगी गर्ने खोजेको प्रहरीले बताएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi