आधारभूमि संवाददाता
काठमाडौं, साउन ११
महामारीका कारण आर्थिक क्रियाकलाप सुस्त हुँदा यसले समग्र अर्थतन्त्र बिस्तारमा बाधा पुराएको छ । बैंकको कर्जा, लगानी बिस्तार नहुँदा सरकारले यो वर्षको आर्थिक बृद्धि नै २ दशमलव ३ प्रतिशता खुम्चने सार्वजनिक गरेको छ ।
आर्थिक बृद्धिका लागि बैंकको कर्जा र लगानी विस्तार हुनुपर्छ । तर अहिले बैंकको कर्जा बिस्तार अत्यन्त न्युन छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.७ प्रतिशतले बढेको छ । जबकी अघिल्लो वर्ष यस्तो कर्जा १८.२ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ११.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको २०७७ जेठ सान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.५ प्रतिशत घरजग्गाको धितोमा र १३.३ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०७६ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११.१ प्रतिशत, निर्माण क्षेत्रतर्फ ११.७ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १६.६ प्रतिशत र सेवा क्षेत्रतर्फ १९ प्रतिशतले कर्जा बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २६.१ प्रतिशत, ओभरड्राफ्ट कर्जा ४.८ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा २२.६ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा १०.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ७.५ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४.९ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा १.२ प्रतिशतले घटेको छ ।