neapl investment mega bank

करेन्ट लागेर मृत्यु

Jul 25th, 2020

काठमाडौं, १० साउन

धनुषाको धनुषाधाम नगरपालिका-१ गोबिन्दपुर बस्ने औरही गाउँपालिका-१ लखौरी घर भएका सहदेव मण्डलको ४ वर्षीय छोरा आशिक मण्डलको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । फलामको किला बोकी खेल्ने क्रममा भित्तामा भएको बिद्युतको बोर्डमा किला छिराउँदा करेन्ट लागि गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्य भएको हो ।

सिरहाको धनगढिमाई नगरपालिका-१ बाखर बस्ने ३० वर्षीया राजकुमारी यादवको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । आफ्नै घरमा बिजुलीको तार जोडने क्रममा करेन्ट लागि गम्भीर घाइते भएकी उनको धनगढीस्थित श्रमजिवि अस्पताल हुँदै थप उपचारको लागि लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बाँकेको खजुरा गाउँपालिका-५ दलैपुर बस्ने ५५ वर्षीय काम्ता यादवको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने किसन बडहिको किराना पसलमा विजुली सर्ट भई आगलागी हुँदा आगो निभाउने क्रममा एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङहोम नेपालगंज बाँकेतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi