neapl investment mega bank

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

Jul 25th, 2020

काठमाडौं, १० साउन

रुपन्देही, बाँके, मोरङ र बर्दियाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

रुपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनीयास्थित सडकमा लु.२ ख २१७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ३५ वर्षीया अमीरुन निसा खानको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देही, सैनामैना नगरपालिका-५ बुद्धनगरस्थित सडकमा लु.५२ प ४१५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ७३ बर्षीय हरि प्रसाद लम्सालको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सैनामैना नगरपालिका-९ पिपलडाँडा बस्ने ४० बर्षीय पन्चराम थारु समेत मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी रुपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्राम चोकस्थित सडकमा ना. ६ ख ३३६६ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा ट्रकमा ठोक्किएर लु.२३ प ९२०५ नम्बरको मोटरसाइकलले शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गुल्मी दरवार गाउँपालिका-२ बस्ने २९ बर्षीय धन बहादुर बस्नेतको मृत्यु भएको छ । दुर्गटनामा गम्भीर घाइते भएको उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, कोहलपुर नगरपालिका-९ स्थित सडकमा भे.१ झ.३०६ नम्बरको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री जाजरकोट भेरी नगरपालिका-८ बस्ने ३५ बर्षीय सागर चनाराको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, कटहरी गाउँपालिका-२ हल्दिबारीस्थित सडकमा को.२ त १३७६ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री जहदा गाउँपालिका-५ बस्ने ५० वर्षीय विलट राजभरको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बर्दिया, मधुबन नगरपालिका-४ खाता भन्ने स्थानमा भे.४ प ९८११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई भे.१ च २०५९ नम्बरको एम्बुलेन्समा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २६ वर्षीय सुदिराम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालाम उपचार भइरहेको छ । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi