neapl investment mega bank
  • गृहपृष्ठ
  • होटलमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

होटलमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

Jul 25th, 2020

काठमाडौं, साउन १०

काठमाडौं महानगरपालिका १६ माछापोखरीस्थित गुल्मी गाउँपालिका ४ दिगाम घर भएका ३२ वर्षीय सुलभ न्यौपानेको सुलभ होटलमा जुवातास खेलिरहेको अवस्थामा न्यौपाने लगायत ९ जनालाई नगद १ लाख ३ हजार ८ सय ७५ रुपैयाँ र २ बुक तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi