काठमाडौ, साउन १०
कोभिड १९ विश्वव्यापी संक्रमणबाट अलपत्र परेका ९० जनाको उद्धार भएको छ । सिसिएमसीका अनुसार शनिवार फिलिपिन्सबाट ९० जनाको उद्धार गरिएको हो ।
सिसिएमसीका अनुसार कोभिड १९ बाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्ने नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने सिलसिलामा उक्त संख्यामा नेपाली फिर्ता ल्याईएको हो ।
उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको ज्यमिष्लन ऋभलतचभ हरुमा लगिएको छ । उक्त होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाईनहरुमा पठाउने तयारी भई रहेको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अनुसार ३४ हजार आठ सय ३० जना नेपाली नागरिकहरु स्वदेश फिर्ता भएको छ ।