neapl investment mega bank
  • गृहपृष्ठ
  • अबैध रुपमा हुण्डीको कारोवार गर्नेब्यक्ति पक्राउ

अबैध रुपमा हुण्डीको कारोवार गर्नेब्यक्ति पक्राउ

Jul 24th, 2020

काठमाडौ, साउन ९

अवैधरुपमा हुुण्डीको कारोवार गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा टेकुुका अनुसार हुण्डीको कारोवार गरेको अभियोगका आधारमा स्याङ्जा, कालिगण्डकी गा.पा. वडा नं. ५ ताँप घर भई हाल काठमाडौ महानगरपालिका २९ बस्ने ४० बर्षिय ढुण्डीराज न्यौपाने पक्राउ परेका हुन ।

प्रहरीका अनुसार हाम्रो गण्डकी इन्टरप्राईजेज न्युरोडको नाउँबाट कारोवार गर्ने न्यौपानेको साथबाट एक थान मोवाईल र नगद १९ लाख ९१ हजार रुपैयाँ बरामद भएको छ । काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरीराजश्वई छली गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा काठमाण्डौ विशाल बजार स्थितमा शंकास्पद रूपमा हिडिरहेका न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा निजले बोकेको कालो रंगको झोला भित्र गैर कानुनी रुपमा हुण्डिको कारोवार गर्न लगिरहेको नगद १९ लाख ९१ हजार रुपैयाँ र भाईबर हजार मार्फत हुण्डिको कारोवार गरिएको बिवरण सहित शुुक्रबार पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान तथा कारवाहीको लागि राजश्वत अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi