neapl investment mega bank
  • गृहपृष्ठ
  • सर्वोच्च अदालतको फैसला विरुद्ध जनताको आक्रोस, प्रधानन्यायाधीश विरुद्ध महाअभियोग माग

सर्वोच्च अदालतको फैसला विरुद्ध जनताको आक्रोस, प्रधानन्यायाधीश विरुद्ध महाअभियोग माग

Jul 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,९ साउन

न्यायीक प्रणालीकै विश्वसनियतामाथि प्रश्न उठ्ने गरी विवादित फैसला सुनाइरहेको सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सर्वसाधारणले महाभियोग लगाउनुपर्ने माग गरेका छन् ।

शुक्रबार काठमाडौंमा अदालतका पछिल्ला निर्णय विरुद्ध विरोध जनाउँदै सर्वसाधारणले प्रधानन्यायाधीश विरुद्ध महाभियोग लगाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र नागरिक र सत्तारुढ दलकै भातृ संगठनका सदस्यहरूसमेत उपस्थित भएर शुक्रबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो।

प्रर्दशनकारीहरुले अदालतको पुनर्संरचना गर, न्यायालय शुद्धीकरणलाई अघि बढाउ, अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग, भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले, भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

पछिल्लो समय सकर्वोच्च अदालतले एक पछि अर्को विवादित फैसला गरेको छ । हिजोमात्र सर्वोच्चले २०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई रिहा गरेको थियो ।

पत्नी हत्याको अभियोगमा उनलाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। अदालतलेद हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो भने पुनरावेदन अदालत पाटनले सो फैसलालाई सदर गरेको थियो।

तर सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो।

यसैगरी सर्वोच्चले बूढानीलकण्ठको फुटपाथमा लीला देवकोटाको ज्यान जाने गरी भएको हिट एन्ड रन केसका दोषी पृथ्वी मल्ललाई पनि केही दिन अघि रिहा गर्न आदेश दिएको थियो । हत्यामा संलग्न अभियुक्तलाई वचाउ गर्दै आश्‍चर्यजनक तरिकाले रिहा गर्न आदेश दिएको भन्दै चर्को विरोध भइरहेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi