neapl investment mega bank
  • गृहपृष्ठ
  • बाढी पहिरोबाट सडक अवरोध तथा केही स्थानहरु जोखिममा

बाढी पहिरोबाट सडक अवरोध तथा केही स्थानहरु जोखिममा

Jul 24th, 2020

काठमाडौं, ९ साउन

रसुवा, उतरगया गाउँपालिका-१ मैलुङमा अविरल वर्षाको कारण बिहीवार साँझदेखि मैलुङ खोलामा पानीको बहाव बढ्न गई खोला किनारा कटान गर्दा सोही ठाउँ बस्ने ३८ वर्षीय वीर बहादुर तामाङको सहित ४ वटा घर जोखिममा परेका छन् । घटनाको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट मैलुङबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा २२ जनालाई सुरक्षित स्थानतर्फ लैजाने पहल गरिरहेको छ ।

पाल्पा, अविरल वर्षाको कारण पहिरो तथा जमिन भासिन गई तिनाउ गाउँपालिका-२ सुकेताल र सोही गाउँपालिका-३ पानिमीलस्थित झुल्केखेत बस्ने बिष्णु प्रसाद बजगाई समेतको २० वटा घरहरू बिहीबार साँझदेखि जोखिममा परेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले स्थानीय जनप्रतिनिधि लगयात प्राविधिकसँग समन्वय गरी उक्त घर परिवारका ९० जनालाई सुरक्षित स्थानान्तरण गर्नेतर्फ आवश्यक पहल गरिरहेको छ । यसैगरी तानसेन नगरपालिका-८ गौडेपुल नजिकै सिद्दार्थ राजमार्गमा पहिरो झरेर बिहीबार बिहानदेखि सडक पूर्णरुपमा अवरोध भएको छ ।

प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।काठमाडौं, टोखा नगरपालिका-२ मालुङ पञ्चेटारमा अविरल वर्षाका कारण काठमाडौं-नुवाकोट सडकखण्ड करिब १ सय मिटर भासिँदा दुबैतर्फका सवारी आवागमन बिहीबार रातिदेखि अवरुद्ध भएको छ । महानगरीय प्रहरी प्रभाग टोखाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi