neapl investment mega bank

सिक्री तथा मोबाइल लुटपाट

Jul 24th, 2020

काठमाडौं, ९ साउन

काठमाडौं महानगरपालिका-२८ रत्नपार्कबाट सिन्धुली कमलामाई घर भएका ४२ वर्षीय पुरुषले लगाएको ६ तोलाको सिक्री र २ थान मोबाइल बिहीबार साँझ लुटपाट भएको छ ।

अपरिचित महिलाले फोन गरी बोलाएपछि उक्त स्थानमा पुगेका ती पुरुषलाई अपरिचित ३ जना पुरुषले जबरजस्ती हाल नम्बर नखुलेको ट्याक्सीमा राखेर ललितपुर महानगरपालिका-१८ चोभार डाँडामा लगेर कुटपिट समेत गरी उक्त धनमाल लुटपाट गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi