neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

Jul 23rd, 2020

सिरहा, साउन ८

सिरहा जिल्लाको बरियारपट्टी गाँउपालिका ३ स्थित त्रिशुला खोलाको किनारबाट साउन ८ गते एपीएफ टोलीले एक सय बोतल डाईलेक्स डिसी र तीन सय वटा नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टीबाट खटिएको एपीएफ टोलीले उक्त लागूऔषध बरामद गरेको हो ।

त्यसवेला भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्ने बित्तिकै उक्त लागूऔषध सोही ठाउँमा छाडि भागी फरार भएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi