neapl investment mega bank

डुवेर वेपत्ता भएकाको शव फेला

Jul 23rd, 2020

काठमाडौं, साउन ८

धनुषा जिल्लाको शहिदनगर नगरपालिका ८ नाथपट्टीचोकस्थित नहरमा डुवेर बेपत्ता भएका सोही ठाउँ बस्ने मिथिलेशकुमार मण्डलको शब साउन ८ गते एपीएफ टोली र स्थानीय प्रहरीले फेला परेको छ ।

माछा मार्न भनेर अघिल्लो दिन घरबाट हिडेका उनी बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुवरकोटबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले सो ठाउँको नहरमा करीव ६० मिटर तल उनको शव फेला पारेको हो ।

यसैगरी झापा जिल्लाको दमक नगरपालिका २ स्थित कमल पोखरीमा डुवेका तीन जनाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ । उनीहरु यही साउन ७ गते पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि खोजी कार्य गर्दा उनीहरुको शव भेटिएको हो । सोही नगरपालिका २ गौरिशंकर बस्ने १० बर्षिय अंकुश तामाङ, १४ बर्षिय करण थामी र १२ बर्षिय अर्जुन थामी सो पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट तत्कालै एपीएफ टोली खटिएको थियो ।
उनीहरु मध्ये अंकुश तामाङको शब सोही दिन फेला पारिएको थियो भने अन्य दुई जनाको शब साउन ८ गते फेला पारिएको हो । यसैगरी सर्लाही जिल्लाको धनकौल गाँउपालिका १ सेखौनास्थित लच्कातर्ने क्रममा बगेर बेपत्ता भएका सोही ठाउँ बस्ने ४५ बर्षिय बिजेन्द्र झाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ ।

निज झा साउन ७ गते त्यस ठाउँमा लच्का तर्ने क्रममा बगेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बलराउधोरणबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले खोजी गर्ने क्रममा उनको शव सो ठाउँ भन्दा करीब तीन सय मिटर टाढा फेला पारेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi