neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेष्ट बैंकद्धारा चाडपर्व बिशेष कर्जा योजना सञ्चालन

एभरेष्ट बैंकद्धारा चाडपर्व बिशेष कर्जा योजना सञ्चालन

Jul 23rd, 2020

काठमाडौ, साउन ८

एभरेष्ट बैंकले चाडपर्व बिशेष कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैकले ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै “चाडपर्व विशेष कर्जा योजना” ल्याएको हो ।

बैंकका अनुसार यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागी “साना तथा मझौला उद्योग कर्जा, आफ्नै सवारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा”, तथा व्यक्तिगत प्रयोजनको लागि “व्यक्तिगत कर्जा”, योजना ल्याएको छ । .
यहि आउदो श्रावण १५ देखि कार्तिक १४ सम्म लागु हुने यस कर्जा योजनामा घर कर्जा ८.२५ प्रतिसतमा साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिसतमा गाडी कर्जा ९.५५ प्रतिसतमा मोटरसाइकल कर्जा १०.५५ प्रतिसतमा तथा व्यक्तिगत कर्जा ९.५५ प्रतिसत व्यानमा उपलब्ध हुुने छ ।

यस चाडपर्व विशेष कर्जा योजनामा प्रशासनिक शुल्क शुन्य दसमलव ५० प्रतिसत मात्र हुुनका साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट लोन स्वाप गर्दा सेवा शुल्कमा अतिरिक्त छुट हुुने छ । यो योजनामा सहभागी ग्राहकलाई क्रेडिट कार्डमा ५० प्रतिसत छुट हुने बैंकले जानकारी दिएको छ ।

बैकले हाल सबै क्षेत्रमा गरी ९५ वटा शाखा, एक सय २४ वटा एटिएम, ३१ वटा राजश्व संकलन केन्द्र रहेको छ । बैंकमा ११ लाखभन्दा बढी सन्तुुष्ट ग्राहक रहेको बैंकले जनाएको छ ।