neapl investment mega bank
  • गृहपृष्ठ
  • राप्रपा अध्यक्ष राणाद्धारा सत्याग्रही युवाहरूसँगको सम्झौता पालना गर्न आग्रह

राप्रपा अध्यक्ष राणाद्धारा सत्याग्रही युवाहरूसँगको सम्झौता पालना गर्न आग्रह

Jul 23rd, 2020

काठमाडौ, साउन ८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सत्याग्रही युवाहरूसँगको संझौता सरकारले अविलम्ब पालना गर्नु पर्ने बताएका छन् । नागरिकलाई सरकारले छल गर्नु नहुने भन्दै राप्रपा अध्यक्ष राणाले सरकार आफ्नो बचन र निष्ठामा अड्नु बुद्धिमानी हुने टीप्पणी गरेका छन् ।

‘सरकारले संझौता पूरा नगरेपछि ६ दिन भयो ईः, करण गुरुङ, समैरा श्रेष्ठ बिना खाना पानी सत्याग्रहमा बसेको,’ राणाले बिहीबार ट्वीट गर्दै भने । ‘सत्याग्रही, नागरिकलाई छल गर्नु सरकारको निष्ठा र बुद्धिमानी होइन । बन्दाबन्दी हट्दा संक्रमण झन् बढ्न सक्नेछ । यसैले कोभिड–१९ सबल व्यवस्थापनको बाचा सरकारले अविलम्ब पालना गर्न जरुरी छ,’ उनले भने ।

कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै ‘इनफ इज इनफ’ अभियान संचालन गर्ने क्रममा यस अघि युवाहरूले १२ दिन सत्याग्रह गरेका थिए । यस क्रममा सरकार र सत्याग्रहीबीच १२ बुँदे संझौता भएको थियो । तर, सरकारबाट संझौता पालना नभएपछि युवाहरू पुनः बसन्तपुरमा सत्याग्रहमा छन् ।