neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंमा उपत्यकामा थप ९ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौंमा उपत्यकामा थप ९ जना कोरोना सङ्क्रमित थपिए

Jul 23rd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ८ साउन

काठमाडौंमा थप ९ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ९ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका ५ जना , भक्तपुरका २ र ललितपुरका २ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ३ हजार १८१ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २० हजार ९८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । हालसम्म ३ लाख २७ हजार बढीको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा १५६ संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या १२ हजार ८४०रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर पाँचथर, संखुवासभा ,रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi