neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

Jul 23rd, 2020

काठमाडौं साउन ८

सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दाका फरार प्रतिवादीललितपुर महांकाल गाउँपालिका २ बस्ने ४३ वर्षीय हरिशरण महतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७० चैत १७ गतेको फैसलाले २ वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार रहेका महतलाई ललितपुरसातदोबाटोमा लुकिछिपि बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीलेपक्राउ गरेको छ ।

महतसमेतले लोप्साङ् लामा र उनकी श्रीमती च्यूङ्ताङ् लामाको नाममा रहेको काठमाडौंनागार्जुन नगरपालिका ५ स्थित कित्ता नम्बर ८१८ को २-०-२-० क्षेत्रफल जग्गामालपोत कार्यालय कलंकीका तत्कालीन खरिदार भिम बहादुर राई समेतको मिलोमतोमा काठमाडौं जिल्ला अदालतबाट जारि भएको अधिकृत वारेसनामा लगायत अन्य कागजातहरु नक्कली बनाईसिन्धुपाल्चोक साबिक फुल्पिङट्टी गाबिस १ बस्ने कमल कुमार श्रेष्ठको नाममा नामसारी गराईकास्की साविक पोखरा उपमहानगरपालिका ३ बस्ने प्रवीणमान श्रेष्ठलाई २०६४ चैत २४ गते ७५ लाख रुपैयाँ मूल्यमा बिक्री गरी सरकारी छाप दस्तखत कीर्ते र ठगी गरेको ठहर भएको हो ।

कसूरमा संलग्न खरिदार भिम बहादुर राईलाईसोही ब्यूरोको प्रहरीले २०७४ जेठ २२ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । महतलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi