neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Jul 22nd, 2020

काठमाडौं, साउन ७

ओखलढुंगामा चार वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका ९ कटुन्जे बस्ने १३ वर्षीय बालकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई गत असार ३१ गते घरमा कोही नभएको अवस्थामा कार्कीले घरभित्र लगेर फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भक्तपुरमा पनि १७ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा रामेछाप खाँडादेवी गाउँपालिका ९ बस्ने सुरेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई २०७६ जेठ २७ गते मध्यपुर ठिमी नगरपालिका ४ मध्यपुर अस्पताल अगाडी मासु पसल संचालन गर्ने राजेश भण्डारी नाम बताउने व्यक्तिले पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ भन्दै फकाई सूर्यविनायक नगरपालिका ४ स्थित डेरामा लगेर जबरजस्ती करणी गरी कोही कसैलाई भने मारी दिन्छु भनेर धाकधम्की दिएको खुल्न आएको छ । साथै पीडित किशोरीले जबरजस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेकोमा उनी गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिए पश्चात् महानगरीय प्रहरी वृत्त ठिमीमा २०७७ असार १४ गते जबरजस्ती करणी मुद्धामा जाहेरी दरखास्त दिएकोमा खोजी गर्ने क्रममा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ बस्ने दुर्गा बहादुर परियारलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका ११ गैरीगाउँमा ती बालिकालाई आफ्नो घरमा एक्लै सुतेको अवस्थामा गत जेठ २४ गते जबरजस्ती करणी गरेको कारण गर्भवती समेत भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi